- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं ।तत्काल सरकार नढल्ने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागेको खबर बाहिराएका बेला उपसभापति गुरुङले यस्तो बताएका हुन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोकाएको स्यालले श्राप दिँदैमा हात्ती नमर्ने बताए ।
उनले भने,'अहिले गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ, यो बजारमा हल्ला चलेको सुन्छु । श्रद्धेय पार्टी सभापतिको भरोसा यही गठबन्धनलाई अघि बढाउने कुरा छँदै छ । ठूलो भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ । यो भनेको भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन । अहिलेको सरकार ढालेर अर्को बनाउने भन्ने हल्ला यस्तै हो । हामी ठिक मिसनमा छौँ । ठिक ढङ्गमा छौँ ।’
प्रचण्ड सरकार ढाल्न केपी ओली अमेरिका गुहार्दै, लू नेपाल आउँदै
सरकार ढाल्न ओलीले अमेरिकाको सहयोग लिइरहेका छन् । ओलीले अमेरिकी सहयोग माग्दै गर्दा अमेरिकाका दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक मन्त्री डोनाल्ड लू नै नेपाल भ्रमणमा आउने भएका छन् ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले वर्तमान सरकारले भ्रष्टाचारका ठूला फाइलहरू खोलेपछि सरकार ढल्छ भन्नेजस्ता भ्रम समाजमा फैलाइएको बताए । उनले सरकार सुशासन दिने काममा र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट पछि नहट्ने बताए ।