arrow

एकै रात ६६७ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
france-agitation-2023-06-30.jpg

पेरिस । प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो । 

“हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,“ गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ