arrow

नबिलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
nabil-green-week.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले “नबिल ग्रिन विक” का कार्यक्रम सुरु गरेको छ। नबिल सस्टेनेबल बैङ्किङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रिन विक’का कार्यक्रम सुरु गरेको हो।  नबिल बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त रूपमा बैङ्कको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी  “नबिल ग्रिन विक” अभियानको उद्घाटन गरेका हुन्।

बैङ्कले १५ असारदेखि २१ असारसम्म नबिल ग्रिन विकमा केन्द्रित कार्यक्रम राखेको छ। यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगन्ज सडक खण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ। उद्घाटन कार्यक्रममा अध्यक्ष पौड्यालले नबिलले ‘थ्रिपीज’ ‘पिपुल, प्लानेट र प्रस्पेरिटी’ मा काम गरी रहेको बताए। उनले दिगो बैङ्किङको अवधारणालाई आत्मसाथ गर्दै पर्यावरणको ख्याल गरे मात्र देशमा समृद्धि ल्याउन सकिने भएकोले नबिलका कार्यक्रम त्यतातर्फ केन्द्रित गरिएको बताए।

अध्यक्ष पौड्यालले  बैङ्क  रणनीतिक रूपमा दिगो व्यवसायमा केन्द्रित रहेको जानकारी गराए। “हामीले दिगो उपायहरू अपनाउने तथा दीर्घकालीन वातावरणीय, सामाजिक र आर्थिक पक्षहरूलाई मद्दत गर्ने परियोजनाहरूलाई समर्थन गर्न हाम्रो ध्यान केन्द्रित गरेका छौँ” पौड्यालले भने।

नबिल सस्टेनेबल बैङ्किङ आफ्नो स्थापनाकालदेखि नै सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न अग्रपङ्क्तिमा रहेको बैङ्कले जनाएको छ। नबिल सस्टेनेबल बैङ्किङको दोस्रो वर्ष पूरा गरेकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले सामाजिक तथा वातावरणीय क्षेत्रमा बैङ्कले आफ्नो भूमिका देखाउँदै गएको बताए। यो ग्रिन विक सप्ताहले बैङ्किङ क्षेत्रमा वातावरणीय र सामाजिक चेतनामा नबिलको उल्लेखनीय उपलब्धि र योगदानलाई उजागर गर्ने उनको भनाई छ।

सिइओ ढुङ्गानाले नबिलले गर्दै आएको रेनवाटर हार्वेस्टिङ, पेपरलेस बैङ्किङ, कम कागज प्रयोग गर्ने अभ्यास, नवीकरणीय ऊर्जामा केन्द्रित, नबिल सामाजिक उद्यमशीलता कार्यक्रमद्वारा दिगो विकासका कार्यक्रमलाई केन्द्रित गरेको बताए। नबिल सस्टेनेबल बैङ्किङ भर्टिकलले दिगो अभ्यासलाई प्रवर्द्धन गर्ने, आर्थिक वृद्धिमा टेवा पुर्‍याउने र भावी पुस्ताका लागि वातावरण संरक्षण गर्ने पहलहरूमा निरन्तरता दिने उनको भनाइ थियो।

बैङ्कका अनुसार दिगो बैङ्किङको प्रमुख उपलब्धिको शाखारहित बैङ्किङ विस्तार रहेको छ। विपन्न र सीमान्तकृत समुदायमा वित्तीय सेवाहरूको पहुँच बढाउन ग्रामीण बैङ्किङ सेवा विस्तार रहेको छ। त्यसका साथै बैङ्कले समाजका विभिन्न क्षेत्रहरूमा वित्तीय ज्ञान र सीपहरू अभिवृद्धि गर्न वित्तीय साक्षरतामा समेत जोड दिँदै आएको छ।

नबिल सस्टेनेबल बैङ्किङले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ। जसले किसान र उद्यमीहरूको विशेष आवश्यकताहरू पूरा गर्ने गरेको बैङ्कले जनाएको छ। ग्राहकहरूलाई वातावरणमैत्री र ऊर्जा दक्ष आवास समाधानहरूमा लगानी गर्न, आवासीय भवनहरूको कार्बन फुटप्रिन्ट घटाउन र हरियाली भविष्यमा योगदान पुर्‍याउन नबिलले भर्खरै नबिल सस्टेनेबल हाउजिङ लोन सुरु गरेको जानकारी गराइएको छ।

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ