arrow

स्वीट्जरल्याण्ड र बेल्जियमसम्म पुग्यो फ्रान्सको हिंसा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
france-agitation.jpg
तस्बिर – फाइल ।

पेरिस । फ्रान्समा किशोरी नाहेल एमको हत्यापछि शुरु भएको हिंसा पाँचौं दिन पनि जारी रह्यो । देशमा आन्दोलन जारी छ । प्रहरीले दंगामा संलग्न ७१९ जनालाई पक्राउ गरेको छ । 

सोही क्रममा हिंसा नियन्त्रणका लागि केही दिनदेखि खटिएका करिब ४५ हजार प्रहरीमध्ये ४५ प्रहरी कारबाहीका क्रममा घाइते भएका छन् । फ्रान्सको आन्तरिक मन्त्रालयले रातारात ७१९ जना पक्राउ परेको पुष्टि गरेको छ । जबकि शुक्रबार राति १ हजार ३ सय पक्राउ परेका थिए । 

यसैबीच फ्रान्सको हिंसाको प्रतिध्वनिका बीच छिमेकी स्वीट्जरल्याण्ड र बेल्जियममा पनि अशान्ति देखिएको छ। शनिबार स्वीस शहर लुसेनमा धेरै पसलका झ्यालहरू तोडिएको प्रहरीले जनाएको छ। जवानहरूलाई तितरबितर गर्न अधिकारीहरूले बल प्रयोग गरेका छन्। युवाहरूले पसलहरूमा ढुंगा र मोलोटोभ ककटेल हानेका छन् । 

यसैबीच बेल्जियमको राजधानी ब्रसेल्समा पनि करिब एक दर्जन व्यक्तिलाई पक्राउ गरिएको छ । धेरै ठाउँमा लागेको आगो नियन्त्रणमा आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ