arrow

आफूलाई नखोज्न पत्र लेखी बेपत्ता भए गौरादहका कहलिएका सुनचाँदी व्यवसायी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
somraj-biswakarma.jpg

झापा । झापाको गौरादह नगरपालिका वडा न १ स्थायी बसोबास रहेका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा आफ्नो कारोबार बिग्रिएको भन्दै वडाध्यक्षलाई सामाजिक सञ्जाल मार्फत एक पत्र पठाएर सम्पर्क विहीन भएका छन् । गौरादह क्षेत्रमै सबैभन्दा ठुलो कारोबार गर्ने सुनचाँदी व्यवसायीको रूपमा कहलिएका विश्वकर्माले आफूलाई नखोज्न समेत पत्रमा उल्लेख गरेका छन् ।

गौरादह नगरपालिका वडा न १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले फेसबुक म्यासेन्जर मार्फत आफूलाई गत आइतबार पत्र प्राप्त भएको जनाए पश्चात् उनी बेपत्ता भएको जानकारी एकाएक बाहिरिएको थियो । वडा अध्यक्षले जनाए अनुसार आफूलाई त्यस्तो पत्र प्राप्त भए पश्चात् जिल्ला प्रशासन कार्यालय झापामा बेपत्ता विश्वकर्माको खोजी गर्न निवेदन दिइएको जनाएका छन् ।

कोभिड र आर्थिक मन्दीका कारण व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बहाना गर्दै सर्वसाधारण र गौरादहका अधिकांश व्यावसायिहरुको करोडौँ रकम कुम्ल्याएर उनी बेपत्ता भएको स्थानीय बताउँछन् । व्यवहारको विषम परिस्थितिका कारण आफू हिँड्न बाध्य रहेको पत्र मार्फत जनाएका विश्वकर्माले आफ्नो घरजग्गा , सम्पत्ति , परिवार छोडेर हिँडेको जनाएका छन् ।

यही असार १५ गते पत्र लेखेर हिँडेका उनले उद्योग वाणिज्य सङ्घलाई लिएको र दिएको हिसाबको रेकर्डका आधारमा व्यवहार मिलाइदिन सहजीकरणको लागि आग्रह समेत गरेका छन् । 'बैङ्कमा राखिएको सबै गरगहना र हिसाबको रेकर्ड राखेको छु , सोही अनुसार मिलाइदिन वडाध्यक्षलाई पनि आग्रह गर्दछु' विश्वकर्माले लेखेको पत्रमा उल्लेख छ । 

व्यवसायी सम्पर्क विहीन भएपश्चात् उनिसँग लेनदेनको कारोबार गर्नेहरू आइतबारबाट वडा कार्यालयमा गर्नेहरूले उजुरी दिन थालेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छ्न । गौरादह नगरपालिका वडा न. २ डिपुचोक नजिकै सोम सुनचाँदी पसल नामको सुनचाँदी व्यवसायका सञ्चालक विश्वकर्माले गौरादहका स्थानीय सर्वसाधारण र व्यापारीहरूको करिब २० करोड ऋण सापटी चलाएको हुनसक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ