arrow

प्लास्टिकका बोतल हटाएर स्टिलको जग राखियो अर्थ समितिमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
samsadiya-samiti-steel.jpg

काठमाडौँ । संसदीय समितिमा प्लास्टिकका बोतल निषेध गरिन शुरु गरिएको छ । हालै अर्थ समितिको बैठकमा प्लास्टिकका पानीको बोतलको सट्टा स्टिलको जग तथा सिसाको गिलास प्रयोग गर्न थालिएको छ ।

सो बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जानकारी दिँदै भनेका छन, ‘पर्यावरण संरक्षणमा सानो उपलब्धि ।’ 

उनले स्टिलको जग तथा सिसाको गिलास बैठक कक्षमा आउन थाले पछि लेखेका छन, ‘अर्थ समितिको अघिल्लो बैठकमा हामीले प्लास्टिकको बोटल हटाउन गरेको अनुरोधलाई कार्यन्वयन गरी पुनः प्रयोग गर्न सकिने स्टील र सीसाको भाँडा प्रयोग गरी दिनु भएकोमा हृदय देखि नै धन्यवाद।’

उनी अगाडि लेख्छन्, ‘सानो सानो पाइलाले परिवर्तनको बाटो खोल्दछ, नेपालको जय होस्।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ