arrow
ADVERTISEMENT

हवाइ भाडा घट्यो, कहाँ कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
nepal-airlines-dang.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ । असार २० गते बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ ।

प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।

 काठमाडौंबाट लामो रुट (८९.०९ मिनेट) धनगढीका लागि ६१५ रुपैयाँ भाडा कम भएको छ । प्राधिकरणको नयाँ सूची अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ भाडा कम भएको छ ।

नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ