arrow

भिडन्त सातौँ स्थानको

गुल्सन चम्किँदा नेपालको सम्माननजनक योगफल, आयरल्याण्ड २६९ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
cricket-nepal-ireland-2023-07-04a.jpg

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत सातौँ स्थानका लागि नेपाल र आयरल्याण्ड भिडिरहेका छन् । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा जितका लागि नेपालले आयरल्याण्डलाई २६९ रनको चुनौती दिएको छ । 

जवाफमा उत्रेको आयरल्याण्डले शुरुआत राम्रो गर्न सकेन । ६० रन जोड्दा नै आयरल्याण्डले ३ विकेट गुमाएको थियो । 

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २६८ रन बनायो । गुल्सन झा चम्केको इनिङ्समा नेपालले सम्मानजनक योगफल बटुलेको हो । गुल्सनले ४२ बलमा ३ छक्काको मद्धतले ५७ रन जोडे । 

त्यस्तै अर्जुन साउदले ८४ बलमा ४८, कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन बनाए । 

आयरल्याण्डका लागि मार्क अदैर, बेरी म्याककार्थी र क्रेग यङ्गले २–२ विकेट लिए । 

दुवै टोली विश्वकपका लागि सुपर सिक्समा पुग्न नसकेपछि सातौँ स्थानका लागि भिडिरहेका हुन् । दुवै टोली पहिलो पटक भिडन्त गरिरहेका हुन् । 

नेपालले सातौँ स्थानको लागि भएको सेमिफाइनल खेलमा आइतबार यूएईलाई ३ विकेटले हराएको थियो । आयरल्याण्डले अमेरिकालाई हराएको थियो ।


अहिले स्कटल्याण्ड र जिम्बाब्वे भिडिरहेका छन् । जिम्बाब्वेले २३५ रनको चुनौती पछ्याइरहको छ । यो खेल जित्दा जिम्बाब्वे विश्वकपमा छानिने छ । हारले भने स्कटल्याण्डको अन्तिम भिडन्तमा भर पर्नेछ । 

अहिलेसम्म १० टिममध्ये नेपाल, आयरल्याण्ड, अमेरिका र यूएई पहिलो चरणबाटै बाहिरिएका छन् । 

सुपर सिक्सबाट ओमान, वेष्ट इन्डिज र नेदरल्याण्ड्स बाहिरिएका छन् । श्रीलंका विश्वकपमा छानिइसकेको छ भने जिम्बाब्वे र स्कटल्याण्डमध्ये एक टिम छानिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ