arrow

श्रीलंकालाई २५ करोड डलर सहायता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
world-bank.jpg

श्रीलंका । श्रीलंकाले विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त गरेको छ । 

श्रीलंकाका अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले मङ्गलबार विश्व बैंकबाट २५ करोड अमेरिकी डलर बजेट सहायता प्राप्त भएको बताएका छन् ।

कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै सेमासिङ्घेले विश्व बैंकले श्रीलंकाका लागि बजेट र कल्याणकारी सहयोगका रूपमा जुन महिनामा ७० करोड डलर स्वीकृत गरेको बताएका छन् ।

सो रकममध्ये पाँच सय मिलियन डलर लचिलोपन, स्थिरता र आर्थिक परिवर्तन विकास नीति सञ्चालनका लागि विनियोजन गरिएको छ । यसबाट आर्थिक सुशासनमा सुधार, वृद्धि र प्रतिस्पर्धात्मकता बढाउने र गरिब र कमजोरहरूलाई संरक्षण गर्ने सुधारहरूलाई समर्थन गर्ने अपेक्षा गरिएको छ । 

राज्यमन्त्री सेमासिङ्घेले यो कोषले देशलाई बृहत् आर्थिक स्थायित्व र दिगोपन पुनस्र्थापना गर्ने, गरिबी र जोखिममा परेका प्रभावलाई न्यूनीकरण गर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ