arrow

वर्षकै ठूलो सामूहिक मृत्युदण्ड दिँदै साउदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
saudi-arabia.jpg
तस्बिर – फाइल ।

रियाद । साउदी अरेबियामा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । 

मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए। 

आधिकारीक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजास्थललाई कसरी निशाना बनाइएको थियो ? भन्ने बिषय चाँही उल्लेख गरिएको छैन।

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन । तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामुहिक मृत्युदण्ड पनि सामूहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ । 

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कूल संख्या ६८ पुगेको छ । प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको शुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतंकवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो, जुन २०२१ मा भएको ६९ जनाको दोब्बर संख्या हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ