arrow

पत्रकारिताले समाज अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छः सभामुख घिमिरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
devreaj-ghimire-2080-03-20.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हितमा काम गराउन भूमिका खेल्ने बताएका छन् । बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसदलाई सबल र राष्ट्रको हीतमा काम गराउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका हुन् । 

उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरुलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए । उनले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडि बढाउन विगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । 
 
उनले भने, ‘पत्रकारितासँग सम्बन्धित तपाईहरुको जिम्मेवारी भए पनि संसद परिवारभित्रकै एउटा महत्वपूर्ण जिम्मेवारीमा रहेको संस्थाको रुपबाट तपाईहरु हुनुहुन्छ । यसलाई निर्वाचन गराउनेसम्म आइपुग्दाखेरी धेरै साथीहरुको अनुभवहरु छन् । हिजो पत्रकारिताले नेपाली समाजलाई अगाडी बढाउनको लागि मेरो बुझाइमा धेरै महत्वपूर्ण भुमिका निर्वाह गथ्र्यो । अब अहिले निर्दिष्ट उद्देश्य प्राप्ति गर्नको लागि कमजोरीहरुलाई फालेर हामीले यसलाई सबल बनाउनको लागि जनताको हीतमा, राष्ट्रको हीतमा संसदलाई कसरी लाने भन्नेकुरा सञ्चार क्षेत्रबाट यसले खुड्किलो थप्ने छ । अरु गति दिने छ । र प्रभाव दिनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँ भएका समस्याहरु कमी, कमजोरीहरु हाम्रो आफुभित्रका कुराहरु हुन् । हाम्रो क्षमता, योग्यताले भ्याएसम्म यसको व्यवस्थापन गर्दै जाने कुरामा जो–जो जहाँ–जहाँ भएपनि त्यो भुमिका निर्वाह हुने कुराको विश्वास दिलाउँछु ।’

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । उनले चुनाव जसरी पनि जित्नुपर्ने नभइ स्वस्थ प्रतिष्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे । 

उनले भने, ‘तपाईहरुलाई संसदका पदाधिकारीहरु, सचिवालय सबैले गर्नुपर्ने खालका सबै सहयोगहरु गर्नुपर्छ । व्यक्तिगत हिसाबले कहीँ, कतै केही कमजोरीहरु हुँदा स्वभाविक आलोचना त गर्नैपर्छ । त्यो नगरीकन गुणगान गाउनका लागि मात्रै त पत्रकार हुनै पर्दैन । आग्रह पूर्वाग्रह, कसैको बिरोध मात्रै गर्ने कहीँ आँखा चिम्लेर समर्थन गर्ने । त्यो पत्रकारिताको मर्मभित्र पर्दैन । प्रतिष्पर्धा सहज ढंगले हुनु अन्यथा भएन । लोकतान्त्रिक प्रक्रियामा त्यो हुन्छ । सहजतापूर्वक लिने र एकदमै सहज ढंगले निर्वाचन गराउने । नेपालको राजनीतिमा जसरी पनि जित्नुपर्छ भन्ने छ । जसरी भन्ने कुरालाई हटाउन राजनीतिक दलहरु अरु चुनावमा पनि पर्छ । कहीँपनि त्यसरी जसरी पनि होइन । एउटा स्वस्थ प्रतिस्पर्धाले विश्वास जितेर आउने गरीकन चुनावहरु भयो भने राम्रो हुन्छ ।’

उनले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ