arrow

एनआईसी एसिया बैंकको बदमासी, उधारोमा आईपीओ आवेदन स्वीकृत गरेको खुलासा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
ghorahi-nic-asia.jpg

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले बदमासी गरेको खुलेको छ । घोराही सिमेन्ट इन्डस्ट्रीको प्राथमिक शेयर (आईपीओ) मा उधारो आवेदन स्वीकृत गरेको पाइएको हो । 

नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धानमा एनआईसी एसियाले आवेदकको खातामा पर्याप्त मौज्दात नभए पनि प्राप्त आवेदन स्वीकृत गरेर उधारो कारोबार बढावा दिएको पाइएको हो । 

सी–आस्बा सदस्यले आवेदकको खातामा पर्याप्त रकम नभए खातामा पैसा छैन भन्ने जानकारी दिएर आवेदन अस्वीकृत गर्नुपर्नेमा एनआईसी एसियाले खातामा रकम नभइकनै आवेदन स्वीकृत गरेर गम्भीर गल्ती गरेको बोर्डको ठहर छ ।

बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासन सम्बन्धमा एनआईसी एसियाले साधारण शेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदन स्वीकृत भएको हो ? सो सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अघि बढाउने ।’ 

निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता शेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना निकालेकोप्रति पनि बोर्डले प्रश्न उठाएको छ। यस सम्बन्धमा थप छानबिन गर्ने उल्लेख गरेको छ ।

बोर्डले घोराही सिमेन्ट आवेदन प्रकरणमा थप छानबिनका लागि प्रहरीलाईसमेत अनुरोध गरेको छ । 

एनआईसी एसियाले यसअघि पनि यस्तै बदमासी गर्दै आएको दाबीसमेत गरिएको छ । 

‘निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन गरेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेर सर्वसाधारण लगानीकर्तालाई भ्रमित पारेकाले थप छानबिन गरिने छ,’ बोर्डले भनेको छ।

के हुन्छ घोराहीको सिमेन्ट भरेकाहरुको ?
विवादका कारण अलपत्र परेको घोराही सिमेन्टको आइपीओ भरेकाहरुले पैसा फिर्ता लिन तीन दिनको समय पाउने भएका छन् । यो अवधिमा आवेदकहरुले दिएको पुरानो आवेदन पनि परिमार्जन गर्ने सुविधा दिने धितोपत्र बोर्डले जनाएको छ।

बोर्डले शेयरमा आवदेन दिएका लगानीकर्ताहरुले शेयर थपघट गर्नेदेखि आवेदन फिर्ता वा खारेज गर्न मिल्ने भएको हो । घोराही सिमेन्टको आईपीओमा सर्वसाधारणको कूल ३ अर्ब ६१ करोड रुपैयाँ रकम होल्ड भइरहेको छ ।

बोर्डका अनुसार बिक्री प्रबन्धकले पुनः यसबारे सूचना प्रकाशित गर्नेछ । सूचना प्रकाशित भएको तीन दिनभित्र पैसा फिर्ता दिने अथवा रद्द गर्न निवेदन दिनुपर्नेछ । 

उक्त तीन दिनमा पर्याप्त आवेदन नआए बोर्डले आईपीओ आवेदनको म्याद थप ७ दिनसम्म लम्ब्याउने अनुमति दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ