arrow

पूर्व राजालाई फकाउँदै कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
x-king-gyanendra-shah-2080.jpg

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा देखिने सङ्केत गरेका छन् ।  बुधबार आयोजित पार्टीको एक भेलामा अध्यक्ष थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने समेत बताएका छन् ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष रहेका थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकताबारे पार्टीको नीतिमा पुनर्विचार गरिने बताए ।

थापामाथि पूर्व राजा ज्ञानेन्द्र शाहबाट सञ्चालित राप्रपाको अध्यक्ष हुँदा आफ्नो खुशी काम गर्ने गरेको आरोप समेत लागेको थियो । थापालाई पार्टी सञ्चालन गरि राजसंस्थाको पक्षमा निर्णय देखाउन ज्ञानेन्द्र शाहले मौका दिए पनि थापा आफै चुकेका थिए । 

तर पछिल्लो पटक उनी राजसंस्थाको पक्षमा जाने सङ्केत गरेका छन् ।  पार्टीले राजसंस्थालाई तत्काल कार्यनीतिमा नराखेको भए पनि केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै सो संस्थाको पक्षमा निर्णय लिन सक्ने सङ्केत उनले गरेका छन् ।

यसअघि उनले राजसंस्था फर्कँदैन सपना नदेखे पनि हुन्छ भन्दै ज्ञानेन्द्र शाहलाई चुनौती दिएका थिए । तर राजसंस्थाको विषयमा थापा सकारात्मक हुनमा पूर्वराजको भूमिका हुन सक्ने बताइन्छ ।

पूर्व राजा शाह  देशको पछिल्लो समय सक्रिय रहेका छन् । पूर्व राजा शाहले विभिन्न स्थानमा नागरिक अभिनन्दनसहित देश दौडाहा समेत गरेका छन् ।  मङ्सिर ४ को निर्वाचनमा राप्रपाले प्रतिनिधिसभामा १४ सिट हासिल गरेपछि पूर्व राजा शाह आफ्नो प्रभावलाई बढाउन थालेका छन् । उनैले राजेन्द्र लिङदेनलाई राप्रपाको अध्यक्ष बनाएर कमल थापालाई हटाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ