बस्न सकेन प्रतिनिधि सभाको बैठक, आइतबारसम्मका लागि स्थगित
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
1.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न नदिएपछि आजको बैठक बस्दै नबसी सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
संसद्मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
सभामुख घिमिरेले सदन खुलाउने प्रयास गरेका थिए । यसअघि राष्ट्रिय सभाको बैठकमा पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डलाई स्पष्टीकरण दिने वातावरण बनाउन आग्रह गरेका थिए । तर सो आग्रह पनि नटेरिएपछि आइतबारसम्मका लागि बैठक स्थगित भएको छ ।