arrow

शिक्षा हवका रूपमा नबिल बैङ्कको २५६ औँ शाखा उद्घाटन, शैक्षिक कर्जा तथा सेवालाई सहजीकरण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २३ शनिबार
nabil-.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आफ्नो २५६ औँ बैङ्किङ शाखा सञ्चालनमा ल्याएको छ। नेपालको अग्रणी बैङ्किङ संस्थाको रूपमा रहेको नबिल बैङ्कले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो। शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रवार बाटै सञ्चालनमा ल्याएको हो।

शाखा उद्घाटन नबिल बैङ्कका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त रूपमा रिबन काटी गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रूपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरूलाई उत्तम सेवा दिनेमा विश्वस्त रहेको बताए।

शैक्षिक कर्जा लगायत चाहिने अरू सम्पूर्ण बैङ्किङ सेवा एकै ठाउँबाट दिने उद्देश्यका साथ यो शाखा उद्घाटन गरिएको सिइओ ढुङ्गानाले बताए। उनले सेवाग्राहीको मागलाई सम्बोधन गर्नको लागि नयाँ शाखा विस्तार गरिएको जनाए। विद्यार्थीहरूका लागि शैक्षिक गतिविधि र उनीहरूको गन्तव्य देशको यात्राको लागि बैङ्किङ पहुँच दिने र दायरा विस्तार गर्ने अन्य परिष्कृत सेवाहरू प्रदान गर्ने विषयमा बैङ्क प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

नयाँ शाखाको विशेष प्राथमिकता शैक्षिक कर्जामा हुने बताउँदै शाखा प्रमुख विनय देवकोटाले सेवाग्राही विद्यार्थी, अभिभावक तथा परामर्शदाताहरूलाई सरल बैङ्किङ सेवा प्रदान गर्न सधैँ तत्पर रहने बताए।

उद्घाटन समारोहमा फेकनका अध्यक्ष वासुदेव नेपाल, इरिनका अध्यक्ष हेमन्त भट्टराई, एरी नेपालका अध्यक्ष महेशबाबु तिमिल्सिना, इक्यानका अध्यक्ष प्रकाश पाण्डे, नाएरका अध्यक्ष प्रेम पाण्डे र नेकाका अध्यक्ष सन्तोष प्याकुरेलका साथै युनिभर्शल ल्याग्वेजका संस्थापक उत्तम पन्तको विशेष उपस्थिति रहेको थियो।

नबिल बैङ्कलाई विस्तारित शाखाका लागि बधाई दिँदै उनीहरूले विद्यार्थीहरूका लागि शैक्षिक गतिविधिका लागि चाहिने बैङ्किङ सेवा नबिलले सहज वातावरणमा सरल किसिमले प्रदान गर्ने आशा रहेको बताए।

नियमित बैङ्किङ सेवाहरूका साथै, शैक्षिक कर्जा चाहने सेवाग्राहीलाई एकद्धार सेवा प्रदान गर्ने लक्ष्य बैङ्कको छ। शिक्षा हबका रूपमा रहेको नबिल बैङ्कको यस शाखाले आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युशन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधा दिने उल्लेख गरिएको छ। त्यस्तै विदेशी विद्यार्थीको स्वास्थ्य बिमाको भुक्तानी समेत गर्न सकिने बैङ्कले जनाएको छ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ। जसको शाखा सञ्जाल २५६ रहेको छ भने देशभरि २८३ एटिएम मेशिनहरूबाट बीस लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ