काठमाडौँ। भारतको अग्रणी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याच ब्याक) मोडलका पाँच लाख वटा गाडीहरू बिक्री गर्न सफल भएको छ। सन् २०१६ मा बिक्री सुरु गरिएको यस गाडीले सात वर्षको छोटो अवधि मै यो सफलता हासिल गरेको हो।
उल्लेखित कुल पाँच लाखमध्येका एक लाख गाडीहरू केवल १५ महिनामा बिक्री भएको थियो। टियागोले (नेट प्रोमोटर स्कोरमा) पनि ५१ अङ्क हासिल गरेको छ जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो। यस्तै टाटा टियागोले विगत केही वर्षहरूमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरू जितेको छ। यी उपलब्धिहरूले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवं सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्दछ, कम्पनी श्रोत बताउँछ।
सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको थियो।
नेपाली बजारमा पनि टाटा टियागोको बजार तीव्र ढङ्गले बढेको बताइन्छ। नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्री हुने गाडीमा पर्न सफल भएको कम्पनीले जनाएको छ।
विशेषतस् भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवा वर्गको (औसत उमेर ३५ वर्ष) पहिलो रोजाइमा यो परेको छ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग अनुसार यो वर्गमा महिला ग्राहकहरूको सङ्ख्या पनि उल्लेख्य छ।
टियागोले आकर्षक बनावट, समुन्नत कार्यकुशलता र अतुलनीय आरामको सुनिश्चितता गर्दछ। त्यसैले नेपाली ग्राहकहरूले मन मस्तिष्कमा यसको अमेट्य छाप छोड्न सफल भएको छ।