arrow

नक्कली शरणार्थी प्रकरण

प्रहरी भन्छ – आरजू देउवा जोडिएको अडियोको स्वर थुनामा रहेका सन्देश शर्मासँग मिल्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २४ आइतबार
arzu-deuba-rana-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली काँग्रेसकी सांसद एवं केन्द्रीय सदस्य आरजू राणा देउवाले नक्कली शरणार्थी प्रकरणमा रकम माग गरेको भन्ने अडियो थुनामा रहेका सन्देश शर्मासँग मिल्दो रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका सम्बन्धमा जानकारी दिँदै उक्त स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग मेल खाएको उल्लेख गरेका छन् ।

कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको भए पनि विवरण प्राप्त हुन नसकेको उनले जनाएका छन् । 

शर्मा अहिले ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने कडायतले जनाएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ