arrow

बाइडेन बेलायतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
biden-england.JPG

काठमाडौं ।  राष्ट्रपति जो बाइडेन आइतबार बेलायत पुगेका छन् । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनी बेलायत भ्रमणमा पुगेका हुन् । 

बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी युरोपेली मुलुक बेलायत पुगेको वासिङ्टन स्रोतले बताएको छ । 

चार्ल्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाएका थिए । चार्ल्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ ।

ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन् ।

 बाइडेनको युरोप भ्रमणको मुख्य भाग मङ्गलबार र बुधबार लिथुआनियाको राजधानीमा नाटो शिखर सम्मेलन हुनेछ, जहाँ पश्चिमी सहयोगीहरूले युक्रेनलाई रूसी कब्जा र सेनाहरू हटाउन मद्दत गर्ने बारेमा छलफल गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ