arrow

कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको छ – राज्यमन्त्री सिर्पाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
sushila-shirpali-thakuri-2080-03-25.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छिन् । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाइन् । उनले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको बताइन् । 

उनले राजनीतिलाई सफा र पारदर्शी बनाउनका लागि सहमति जुट्न नसकेको बताइन् । 

उनले सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा अड्चन आएको बताइन् । 

मन्त्री ठकुरीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ