arrow

विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालयमा मोदीलाई रात्रिभोज दिने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
modi-eu-macron-modi-europe.PNG

काठमाडौं ।  फ्रान्सको बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा राष्ट्रपति इमानुएल म्याक्रोनले लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्ने भएका छन् । 

फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार दुई सयभन्दा बढी पाहुनाले विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालयमा प्रधानमन्त्री मोदीलाई रात्रिभोजमा साथ दिनेछन् । भारतका प्रधानमन्त्री बिहीबार पेरिस आइपुग्ने कार्यक्रम छ । यो उनको पाँचौँ फ्रान्स भ्रमण हुनेछ । 

यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारहरूलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उन सामेल हुनेछन् ।

 भारतीय वायु सेनाको ठूलो टोली पनि परेडमा सहभागी हुनेछ । राष्ट्रपति म्याक्रोन र प्रधानमन्त्री मोदीबीच पारस्परिक चासोका विविध विषयमा विचारविमर्श हुनेछ भने प्रधानमन्त्री मोदी फ्रान्सेली व्यापारिक समुदायको बैठकमा पनि सहभागी हुनेछन् । 

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ