arrow

चिनियाँ समकक्षीसँग योजना आयोगका उपाध्यक्षको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
china-nepal-upadhakshaya.JPG

काठमाडौं ।  चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङ बीच चीनको बेइजिङस्थित एनडिआरसीको कार्यालयमा आज भेटवार्ता भएको छ । 

उक्त भेटवार्तामा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौता अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकीलाई द्रुतगतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । 

त्यसैगरी आयोगका उपाध्यक्ष डा श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उपमन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्तासमेत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ