arrow

नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदीबाट दुई अर्ब डलर सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
Pakistan-Flag.jpg.jpeg

ईस्लामावाद। नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । 

विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना नयाँ सम्झौता अनुमोदन हुन लागेका बेला साउदीबाट प्राप्त सहयोगले इस्लामाबादलाई ठुलो राहत मिलेको छ । 

अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट ग्रस्त छ भने बाह्य ऋण सेवा प्राप्तिको प्रयास पनि असफल भएको छ । महिनौँको राजनीतिक अराजकताले विदेशी लगानीलाई निरुत्साहित भएको छ । मुद्रास्फीति ह्वात्तै बढेको छ । पाकिस्तानी रुपैयाँ डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा पुगेको छ । देशलाई आयात धान्न धौ धौ परिरहेको छ भने औद्योगिक उत्पादनमा गम्भीर गिरावट आएको छ ।

“साउदी अरबले पछिल्लो समय स्टेट बैङ्क अफ पाकिस्तानको खातामा थप दुई अर्ब डलर जम्मा गर्ने घोषणाअनुरूप बैङ्कको खातामा उक्त रकम जम्मा भएको छ,” पाकिस्तानका अर्थमन्त्री इशाक दारले पत्रकार सम्मेलनमा भन्नुभयो । 

स्ट्यान्डर्ड क्यापिटल सेक्युरिटीजका अनुसन्धान विश्लेषक फैसल शाजी पछिल्लो निक्षेपले पाकिस्तानको विदेशी मुद्रा सञ्चितिलाई स्थिर बनाउने र अन्तर्राष्ट्रिय बजारमा यसको ‘क्रेडिट रेटिङ’मा सुधार बताउँछन् । आईएमएफको सहायता कार्यक्रमका निमित्त यो ठुलो र सकारात्मक विकास भएको तर्क गर्दै उनले यसबाट पाकिस्तानको मुद्रा बलियो हुने र त्यसले शेयर बजारमा राम्रो प्रभाव दाबी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ