arrow

देशकै पहिलो प्राइभेट बैङ्क नबिल बैङ्कको ३९ औँ वार्षिकोत्सव

प्रविधिको प्रयोग र सरल बैङ्किङ सेवामा एक कदम अघि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
nabil-bank-39-anniversary.jpg

काठमाडौँ। निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैङ्क नबिल बैङ्क लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ। नेपालको पहिलो निजी क्षेत्रको बैङ्कका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैङ्क लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो।

बैङ्किङ क्षेत्रमा सर्वोत्कृष्ट बैङ्कका रूपमा स्थापित भएको यो बैङ्क ‘नबिल बैङ्क सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ। ग्राहकको सुविधा तथा सरल बैङ्किङ सेवालाई केन्द्रमा राखेर बैङ्कले आफ्नो पृथक् चिनारी बनाएको छ।

३९ औँ वार्षिकोत्सवको अवसरमा बुधवार बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैङ्कलाई निरन्तर सर्वोत्कृष्ट बनाएकोमा बैङ्कका कर्मचारीलाई धन्यवाद दिए। त्यस्तै बैङ्कप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैङ्कले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे।

कर्मचारीहरूको योगदान र मेहनत तथा ग्राहकको विश्वासले नै नबिल बैङ्क अब्बल हुन सकेको उनको भनाई छ। बैङ्क स्थापना काल देखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखिएकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैङ्कका रूपमा रहन सफल भएको प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाको भनाई छ। दिगो र डिजिटलाइज्ड बैङ्किङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए।

एक कदम अघि नबिल बैङ्क
सरल र ग्राहक मैत्री सेवा दिने क्रममा नबिल बैङ्कले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ। सरलीकृत बैङ्किङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैङ्कले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैङ्किङको सुरु गरेको थियो।

नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम सर्भिसको सुरुवात गरेको थियो। त्यस्तै गरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैङ्किङको सुरु गरी मोबाइलबाट बैङ्किङ सुविधा लिने प्रविधि भित्राइएको थियो।

नबिल बैङ्कले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो। सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो।

नबिलले पछिल्लो पटक सन् २०२२ सालमा एन बैङ्कको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैङ्किङको सुरु गरेको थियो।

देशकै अग्रणी बैङ्क
नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ। नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६४ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ