arrow

मन्त्री किराँती भन्छन् – जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता हो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
sudan-kirati-2080-03-28.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । 

उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । उनले दुर्गम क्षेत्रमा विमानस्थलहरु बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताए । 

दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनको भनाइ छ । उनले नेपाल वायु सेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराए । 

उनले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए । 

उनले देशका विभिन्न स्थानमा विमानस्थल निर्माणको माग भएको उल्लेख गर्दै विमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बढाउनेमा जोड दिनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ