arrow

युक्रेन युद्ध पुटिनले हारे : बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
bidenputin-putin-biden.jpg

काठमाडौं । युक्रेन युद्धमा होमिएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि ठुलो आरोप लागेको छ । पुटिनले युद्ध हारेको अमेरिकी राष्ट्रपति जो बाइडेनले दाबी गरेका छन् । 

 रूससँग स्रोतको अभाव रहेकाले पुटिनले युद्ध हारेको बाइडेनको दाबी छ । उनले रुस आर्थिक सङ्कटमा परेको समेत बताएका छन् । बाइडेनले भने, “पुटिनले युद्ध हारेका छन् । उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन ।” 

उनले युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दबाब दिन सक्ने बाइडेनले बताए । 

उनले युक्रेनमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावना रहेको पनि दाबी गरे। 

“युक्रेनले आफ्नो आक्रमणमा महत्त्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले पत्रकारहरूसँगको कुराकानीमा भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ