arrow

नेटोमाथि विश्वलाई अझ ठूलो सैन्यीकरणतर्फ धकेलेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
NATO-forces3.jpg.jpeg

काठमाडौं ।  नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले उल्लेख गरेको छ ।

इतिहासको यो नाजुक क्षणमा नेटोले विश्वलाई अझ ठूलो सैन्यीकरण तर्फ धकेलेको, पृथ्वीको भविष्य र पारिस्थितिकीय प्रणालीलाई ध्वस्त पारेको, डढेलो र बाढीले बढाएको जलवायु सङ्कटको जोखिम घटाउनुको सट्टा हातहतियारमा गरिएको लगानीले नेटोको कार्यक्षेत्र विश्वशाान्ति एवम् समृद्धि नभएर फगत युद्ध भएको टिप्पणी गरिएको छ ।  

नेटोले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्वीकृति बिना सन् १९९९ मा युगोस्लाभियामा आक्रमण गरेको, अफगानिस्तानमा २० वर्षको युद्ध छेडेर त्यहाँ तहसनहस पारेको र सन् २०११ मा अवैध रूपमा लिबियाको सरकारलाई ध्वस्त पारेको ब्लगमा लेखिएको छ । 

“रूससँगको वर्तमान युद्धको अतिरिक्त नेटोले चीनको सामना गर्न दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र न्युजील्याण्डसँग उत्तेजक एशिया–प्रशान्त सैन्य गठबन्धन निर्माण गरेको तथा राष्ट्रसङ्घीय बडापत्र विपरीत आणविक हतियारको प्रवद्र्धनलाई भित्रभित्रै प्रोत्साहन गरेको आरोप ब्लगमा लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ