arrow

हाइ टेन्सन लाइनको करेन्टमा परी पाँचको मृत्यु, १२ जलेर घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
ambulance-india-emergency.jpg

नयाँदिल्ली । भारतस्थित उत्तर प्रदेशको मेरठमा काँवरियाको डिजेले हाई टेन्सन लाइनमा छुँदा ठूलो दुर्घटना भएको छ । 

हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो । साथै करिब एक दर्जन जलेर घाइते भएका छन् ।

मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाएका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी प्रशासन पनि घटनास्थल पुगेको थियो ।

जानकारीका अनुसार मेरठको रली चौहान गाउँका काँबरियाहरु शनिबार साँझ करिब ८ बजे गाउँ पुगेका थिए । डिजेको धुममा काबरियाहरू गाउँमा प्रवेश गर्ने बित्तिकै सडकको छेउमा झुण्डिएको हाई टेन्सन लाइन डिजेसँग ठोक्किएको थियो । 

कसैले केही बुझ्नु अघि नै कावारियाहरू बिद्युत जलनको पीडामा एक एक गरी लड्न थाले । चारैतिर कोलाहल मच्चियो । कसैले पावर हाउसमा फोन गरेर बन्द गर्न आग्रह गरे तर कसैले सुनेन । 

त्यसपछि करेन्ट लागेका कावरियाँहरुलाई गाउँलेहरु आ–आफ्ना गाडीबाट राखेर अस्पताल पुर्याएका थिए । जसमध्ये आधा दर्जनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।  

गंगानगरको आईएमटी अस्पताल पुगेका मनिषको उपचार नपुग्दै मृत्यु भएको थियो । आनन्द अस्पतालमा उपचारका क्रममा चार कन्वारियाको मृत्यु भएको थियो, जसमध्ये दुई जना दाजुभाइ थिए ।

विद्युत विभागको लापरवाहीका कारण भएको दुर्घटनाका कारण आक्रोशित गाउँलेहरूले गाउँबाहिर सडक अवरुद्ध गरेर मेरठ–फोर्ट सडक अवरुद्ध गरेका छन् । 

प्रहरी अधिकारीहरूले मध्यरातसम्म जाम खोल्ने प्रयास गरिरहेका थिए । लापरवाही गर्ने विद्युत् कर्मचारीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ