arrow

उडान सुरक्षामा नियामकीय निकायको पूर्ण असक्षमता– सोबिता गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
sobita-gautam-2080-03-31.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले उडान सुरक्षामा नियामकीय असक्षमता स्पष्टै देखिएको बताएकी छिन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले एक वर्षको हेलिक्र्याफ्ट दुर्घटनाको विवरण पेश गर्दै उनले नियामकीय निकाय सक्षमताप्रति गम्भीर प्रश्न उठाएकी हुन् । 

उनले २०७९ को जेठ १५ गते मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएदेखि गत असार २६ गते सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको तथ्याङ्क समेट्दै ‘यात्रा गर्ने यात्रुले राज्य छ, हामी यात्रा गर्दा सुरक्षित छौँ भन्ने आश्वस्त भएर यात्रा गरेको हुन्छ । चालक वा एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउँदैन ।’

उनले सम्बन्धित मन्त्रीलाई गम्भीर भएर जवाफ दिन आग्रह गर्दै भनिन्, ‘त्यस्तो हुने भए अन्यत्र पनि जहाज खसेको खस्यै हुन्थे । एयरलाइन्स नै जवाफदेही हुने भए नियामक निकाय किन चाहियो ?’

सांसद गौतमले ‘उडान सुरक्षामा नियमित निरीक्षण चाहिने भनेकै यसको लागि हो । विश्वका अन्य देशमा नियामक प्रमुख उद्धेश्य नै सुरक्षाको सुनिश्चितता गर्नु हो । हामी कहाँ ठूला ठूला प्रोजेक्ट, ठूला ठूला टर्मिनल भवन, विमानस्थल संचालन व्यवसाय केन्द्रित छ । यही नै हो कन्फ्लििक्ट अफ इन्ट्रेस्ट (स्वार्थको द्वन्द्व) । सुरक्षित हवाइ क्षेत्रको लागि एउटा पृथक विशिष्टिकृत र सशक्त नियामक चाहिएको हो ।’

उनले उड्डयन प्राधिकरणलाई नियाकम र सेवा प्रदायक छुट्टाछुट्टै संस्थामा विभाजन गर्नुपर्ने रास्वपाको स्पष्ट धारणा रहेको भन्दै मन्त्री सुदन किराँतीको जवाफसमेत मागेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ