arrow

११ हजारभन्दा बढीमा डेंगी, एक सय जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
dangue.jpg

काठमाडौं ।  बङ्गलादेशमा बङ्गलादेशमा एघार हजारभन्दा बढी डेंगीका बिरामी अस्पताल भर्ना भएका छन् । 

शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । 

डेंगीबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । हालसम्म एक सय जनाको मृत्यु भएको छ । 

गत मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगीका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । 

हाल डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ५४ पुगेको तथा एक सय  जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगी सङ्क्रमितमध्ये १२ हजार पाँच सय १९ जनाले स्वास्थ्य लाभ गरेका छन् । 

यो महिनामा मात्रै थप आठ हजार तीन सय १६ जना डेंगीका नयाँ सङ्क्रमित फेला परेका तथा ५४ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ