arrow

नबिल बैंकले ल्यायो नयाँ ब्याजदर

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
Nabil-Bank-logo.jpg

काठमाडौँ । नबिल बैंकले आजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सबै बैंकको आजदेखि नयाँ ब्याजदर आइरहँदा नबिल बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । 

तर अन्य धेरै बैंकहरुले भने मुद्धती निक्षेपमा ब्याजदर घटाएका छन् । यसअघि बैंकर्स संघले भद्र सहमतिमार्फत ब्याजदर निर्धारण गर्दै आएकामा आजदेखि त्यो निर्णय खारेज भएसँगै बैंकले आफैँ ब्याजदर कायम गर्न थालेका हुन् ।

नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार दुई वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिनेछ ।

त्यस्तै, ६ महिनादेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, तीन महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.४९ प्रतिशत र क्युमुलेटिभ फिक्स्ड डिपोजिटमा ९.९९ प्रतिशत ब्याज दिने जनाएको छ । यसअघि सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९।९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।

त्यस्तै, नबिल रेमिट्यान्स फिक्स्ड डिपोजिट खातामा ११.४९ प्रतिशत ब्याज दिने जनाएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ