arrow

मोदीको फ्रान्स भ्रमणमा यस्ता भए रक्षा प्रगति

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
modi-france-visit.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीले जुलाई १३ र १४ मा फ्रान्सको राजकीय भ्रमण गरे । 

मोदीको फ्रान्स भ्रमणले दुई देशबीचको रक्षा र अन्तरिक्ष साझेदारीमा नयाँ अर्थ र आयाम सिर्जना गरेको भारतीय सञ्चार माध्यले उल्लेख गरेका छन् । 

सम्झौता अनुसार पनडुब्बी र युद्धपोत कोलकाता र मुम्बईमा निर्माण गरी विदेश निर्यात गरिनेछ। त्यसकारण भारत र फ्रान्सका रक्षा एजेन्सीहरूले एमओयूमा हस्ताक्षर गरेका थिए।

मोदीको सपनाको ‘मेक इन इन्डिया’ परियोजनाअन्तर्गत मुम्बईको माझगाउँ डकयार्ड लिमिटेडले फ्रान्सको नौसेना समूहसँग संयुक्त रूपमा स्कर्पियन क्लास पनडुब्बी निर्माण गर्ने भएको छ । 

अर्कोतर्फ, कोलकाताको गार्डेनरिच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडले फ्रान्सेली नौसेना समूहसँगको सहकार्यमा युद्धपोत निर्माण गर्नेछ । त्यसपछि तेस्रो मुलुकमा निर्यात गरिने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको पेरिस भ्रमणको अन्त्यमा भारत र फ्रान्सले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार ‘मेक इन इन्डिया’ (भारत र फ्रान्सको संयुक्त लगानी) अन्तर्गत पहिलो स्कर्पियन पनडुब्बी (पी ७५- कलवरी) सफलतापूर्वक निर्माण गरिएको हो। 

माझगाउँ डकयार्ड लिमिटेड र फ्रान्सको नेभल ग्रुपले पी ७५ कार्यक्रम अन्तर्गत थप तीन वटा पनडुब्बी निर्माणका लागि एमओयूमा हस्ताक्षर गरेका छन् । 

भारत र फ्रान्सले भारतको पनडुब्बी फ्लीट र ती पनडुब्बीहरूको दक्षता बढाउन हात मिलाएर काम गर्न जारी राख्नेछ, विज्ञप्तिमा भनिएको छ।

भारत-फ्रान्सले कोलकातामा संयुक्त रूपमा युद्ध पोतहरू निर्माण गर्ने: भारत र फ्रान्सको संयुक्त विज्ञप्ति अनुसार, नेभल ग्रुप फ्रान्सले भारतीय र अन्तर्राष्ट्रिय नौसेनाहरूको आवश्यकता पूरा गर्न युद्ध पोतहरू निर्माण गर्न गार्डेनरिच शिपबिल्डर्स एण्ड इन्जिनियर्स लिमिटेड, कोलकातासँग सम्झौता गरेको छ। 

त्यो युद्धपोत कलकत्तामा निर्माण हुनेछ । जसलाई विदेशमा निकासी गरिने छ । संयुक्त विज्ञप्तिमा आवश्यक परे भारतलाई पनि प्रयोग गरिने उल्लेख छ ।

साथै भारत र फ्रान्सले रक्षा सम्बन्धी थप क्षेत्रमा हात मिलाएर काम गर्नेछन्। दुई देशले आन्तरिक सुरक्षा सुदृढ गर्ने, आतंकवादविरुद्ध लड्ने र मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

संयुक्त वक्तव्यमा भनिएको छ, भारत र फ्रान्स आतङ्कवाद विरुद्धको लडाइँमा एकर्काका साथमा छन्। दुवै देशले आन्तरिक सुरक्षा, मानव बेचबिखन, आर्थिक अपराध, वातावरणीय अपराध, अतिवाद नियन्त्रणलगायत सङ्गठित अपराध लगायतका विषयमा एक अर्कालाई सहयोग गर्नेछन् । फ्रान्सेली सेनाहरूले भारतको नेशनल सेक्युरिटी गार्ड (एनसीजी) सँग काउन्टर टेररिवाजमा हात मिलाएर काम गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ