arrow

सशस्त्र प्रहरीबाट कपिलवस्तुमा पौने तीन करोड राजस्व संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
apf-kapilvastu-final.jpg

कपिलवस्तु । तस्कर नियन्त्रणमा सशक्त बन्दै सशस्त्र प्रहरीले कपिलवस्तुबाट यस आर्थिक वर्षमा करिब पौने तीन करोड रुपैयाँ बराबरको राजस्व उठाएको छ।

यस आर्थिक वर्षमा सीमा तस्करीलाई सशस्त्र प्रहरी बलका यसअघिका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सूर्य सेन वली र वर्तमान एसपी जीवन केसीले त्यस्ता गतिविधिलाई कडाइ गर्दै अवैध सामग्री बरामद गर्दै सशस्त्र प्रहरी नं २८ गण कपिलवस्तुले २ करोड ६२ लाख ७७ हजार २७१ रुपैयाँँ  राजस्व उठाउन सफल बनेको छ।

अहिलेको वर्तमान समयमा कपिलवस्तुमा हालका एसपी केसीले नेपाल भारत खुल्ला सीमाका कारण हुने साना ठूला तस्करीमा  निगरानी बढाएपछि तस्करको भागाभाग भएको छ । सम्भावित तस्करीलाई मध्यनजर गर्दै एसपी केसीले मातहतको बीओपी तथा चेक पोष्टलाई तस्करी नियन्त्रणमा कडा निर्देशन दिएका छन् ।

एसपी केसीले छिमेकी देश भारतका सुरक्षा निकायसँग पनि यस बारेमा समन्वय गर्दै दुवै तर्फका सुरक्षा निकायलाई संयुक्त गस्ती गर्नसमेत पहल गर्दै आएका छन् ।

कपिलवस्तु क्षेत्रको झण्डै ९३ किलोमिटर लामो सीमा क्षेत्रमा एसपी केसीको नेतृत्वले गरेको सीमा सुरक्षा र तीव्र अनुगमनले सीमा क्षेत्रबाट उठ्ने राजश्वमा समेत वृद्धि हुन थालेको त्यहाँस्थित भन्सार कार्यालय बताउँछ ।

एसपी केसी भन्छन्, “सशस्त्र प्रहरीको सीमामा कडा निगरानी हुँदा अवैध सामग्री ओसारपसार, सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएका छन्” ।

एसपी केसीले त्यस क्षेत्रको कमाण्ड सम्हालेको करिब ६ महिनाको अवधिमा गरिएको कडाईमा अवैध सामग्रीलगायत तस्करहरुले प्रयोग गर्ने मोटरसाइकल, साइकल, स्कुटरलगायत सवारीसाधन बरामदलाईसमेत तीव्र बनाएपछि हिजोआज तस्करहरु पलायन झैँ भएका छन् ।

भारतबाट भित्रने अवैध सामानका कारण आफ्नो व्यापार घटेको बताउने कपिलवस्तु क्षेत्रका स्थानीय व्यापारी पनि यतिबेला खुशी देखिन्छन् । सशस्त्र प्रहरीले थालेको यस्ता अपरेशनले तस्करी नियन्त्रण हुँदै आफ्नो व्यवसाय वृद्धि हुन थालेको स्थानीय व्यापारी बताउँछन् ।

सीमापारीबाट कपिलवस्तु भित्रिने लत्ताकपडा, हार्डवेयर, पशुजन्य वस्तु, खाद्यान्न ,जुत्ताचप्पल लगायतका अन्य सामग्रीको तस्करी निरन्तर घट्दै गएपछि यतिबेला कपिलवस्तुका व्यापारीहरुलाई धेरै राहत मिल्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ