arrow

सशस्त्रले नवलपरासीबाट उठायो तीन करोड राजस्व 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
apf-nawalparasi-2080.jpg

नवलपरासी (पश्चिम) । सशस्त्र प्रहरीले नवलपरासी पश्चिमबाट ३ करोड १ लाख २ हजार ९३५ रुपैयाँको राजस्व उठाएको छ। जसमा भन्सार छलेर अवैध रुपमा भित्र्याइएका लत्ता कपडा, इलेक्ट्रिक, हार्डवेयरका सामान, घरायसी किराना समग्रीगहरु सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २६ गण नवलपरासी पश्चिमभरका क्षेत्रमा राजश्व तथा भन्सार गस्ती सुरक्षाका लागि तैनाथ छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) धिरेन्द्रराज न्यौपानेले आर्थिक वर्ष २०७९–८० मा ३ करोड १ लाख २ हजार ९३५ रुपैयाँ राजस्व संकलन गरिएको र आफूले नवलपरासीमा कमाण्ड सम्हालेयताको माघ महिनादेखि असार मसान्तसम्म १ करोड ४ लाख २९ हजार ९५ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिएका छन् ।
 
एसपी न्यौपानेका अनुसार सशस्त्र प्रहरीले नवलपरासी पश्चिमबाट माघ महिनामा  १४ लाख ६१ हजार ४८० रुपैयाँ , फागुनमा २७ लाख २६ हजार १४०,चैत्रमा  १६ लाख ५१ हजार ३९०,बैशाखभर १४ लाख ६५ हजार ५७०,  जेठमा १५ लाख ८४ हजार ४८५ र असार महिनामा १५ लाख ३६ हजार ३० रुपैयाँ बराबरको अवैध सामग्री बराबरको १ करोड ४ लाख २९ हजार ९५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

जिल्लाभरका सीमामा कडा सशस्त्र प्रहरीको कडा निगरानी हुँदा राजस्व बढावा मात्रै नभई सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन जस्ता जघन्य अपराध झण्डै झण्डै बन्द भएको एसपी न्यौपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ