- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल वायुसेवा निगमले विमान ग्राउन्डेड गर्नु परेकोमा यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएका कारण दुई वटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो ।
दुई वटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान चालु गर्न दुई वटा वाइडबडी विमान रहेको भन्दै निगमले न्यारो बडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो ।
सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’
जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो । जसका कारण मलेसिया जाने १५१ र काठमाडौँ आउने १०८ जना यात्रु अलपत्र परे ।
निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज सोमबार बेलुकीबाट उड्ने निगमले जनाएको छ ।