arrow

एमाले नेतृ रेखा झाविरुद्ध साइबर ब्यूरोमा उजुरी, राष्ट्रविरोधी काम गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
rastriya-swantra-abhiyan-2080-03-27.jpg

काठमाडौँ। राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साईबर ब्युरोमा उजुरी दिएको छ।

समितिका संयोजक विनय यादवले झा विरुद्ध सोमवार उजुरी दर्ता गराएका हुन। झाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र विरोधी पोस्ट राखेकाले उजुरीमा कारबाही गर्न माग गरिएको छ। नेपाललाई ब्रिटिस साम्राज्यको अङ्ग देखाउने तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायब पार्ने काम झाले गरेको जनाइएको छ।

अभियानले यस अघि विज्ञप्ति जारी गरेर पनि झालाई कारबाही गर्न माग गरेको थियो। नेपाललाई ब्रिटिस साम्राज्यको हिस्साको रूपमा झूटो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाई माफी माग्न अभियानले आग्रह गरेको थियो।

‘नेपाल कुनै पनि साम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन्न, स्वतन्त्र, प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दू पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौँदेखि रगत बगाउँदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्‍याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरूको बलिदानको अपमान हो।’–  विज्ञप्तिमा भनिएको थियो।

विज्ञप्तिमा सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले पूर्व सांसद झाले शेयर गरेको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमडोठ भएको बताइएको थियो। 

‘त्यस नक्सा मार्फत पूर्व प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीकै पुर्ख्यौली बसोबास रहेको ‘कोसी क्षेत्र’ नै नेपालको भाग नरहेको प्रस्तुत गरी हाम्रो देशको सिमाना नै बिगार्ने प्रयत्न गरिएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ–‘यस्ता भ्रामक राष्ट्रघाती कार्यहरूले हाम्रो इतिहासलाई धोका दिने मात्र होइन, सम्माननीय ओलीज्यूको राष्ट्रिय अखण्डताप्रतिको अटल अडानलाई समेत कमजोर तुल्याउँछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ