arrow

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
chandaragiri-hill-bagesori-teample-arati.jpg

काठमाडौँ। काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ। साउन महिनाको पहिलो सोमबार आज यहाँ पहिलो पटक यस प्रकारको आरतीको आयोजना गरिएको हो।

साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसै गरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सञ्जीव थापाले बताए।

भालेश्वर महादेवमा आज चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए।

आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरूमा पनि भगवान् शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ