arrow

जसले पैसा नभएको खाताबाट निकाले ९ करोड, गर्थे निजी जेटमा यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
Dan-saunders.JPG

काठमाडौं ।  एक व्यक्तिले पैसा नभएको खाताबाट पटकपटक गरि ९ करोडभन्दा बढी रकम निकालेको तथ्य खुलेको छ । 

अस्ट्रेलियाको वाङ्गारट्टाका डेन सान्डर्स नामका एक व्यक्तिले एटिएमको प्राविधिक त्रुटिको पूरा फाइदा उठाउँदै उनले एटिएमबाट ९ करोडभन्दा बढी रकम निकालेका हुन् ।

  डेनले नेशनल अष्ट्रेलिया बैङ्कको एटिएमबाट करिब १० हजार रुपैयाँ निकाल्ने प्रयास गरे पनि खातामा  नगद नभएको भन्दै कारोबार रद्द भएको सन्देश देखे ।

यस्तो अवस्थामा डेनले आफ्नो क्रेडिट खाताबाट डेबिट खातामा पैसा ट्रान्सफर गरे। तर, यो प्रक्रिया पनि हुन सकेज । तर फेरि पनि पैसा झिक्न खोज्दा नगद हात लाग्यो । यो कुरा सन् २०११ को हो । 

एटिएममा कारोबार रद्द भएपछि मात्र नगद निस्किएको देखेर डेनले दुई-तीन पटक प्रयास गरे । अचम्मको कुरा त उनले हरेक पटक नगद पाए, त्यो पनि खाताबाट एक रुपैयाँ पनि नघटाई ।

वास्तवमा, यो सबै एटिएममा प्राविधिक त्रुटिको परिणाम थियो। त्यसको फाइदा उठाउँदै डेनले एक-दुई पटक होइन सयौँ पटक पैसा निकाले । ५ महिनामा उनले ९ करोडभन्दा बढी नगद निकाले ।

उसले हरेक रात १२ र २ बजेको बीचमा यस्तै गर्थे। किनभने, एटीएम १२ देखि ३ बजेसम्म बैंक नेटवर्कबाट विच्छेद हुन्थ्यो। जसका कारण उनले दुई खातामा आफूले चाहे जति रकम ट्रान्सफर गर्ने अवसर पाएका थिए ।

यसैबीच, डेनले बैङ्कलाई फोन गरे र आफ्नो खातामा कुनै समस्या छ कि भनेर सोधे। तर बैंक आफैँले सबै ठिकठाक भएको बताएपछि डेनले अन्धाधुन्ध रकम झिक्न जारी राखे ।

एटिएमबाट पैसा निकालेर डेन आफैँ मोज मस्तीमा फसे र आफ्ना साथीहरूलाई पनि त्यसै गर्न लगाए। उनी निजी जेटमा यात्रा गर्थे । 

क्लबहरूमा रक्सी पिउने र महँगो रेस्टुरेन्टहरूमा खाना खाने चलन थियो। उनले आफ्ना साथीहरूको बिल पनि तिरेका छन्। कतिपयको शिक्षा खर्चमा दान पनि गरे । 

तर एक दिन आफैँले यो कुरा खुलासा गरे । जसपछि उनलाई प्रहरीले पक्राउ गर्‍यो ।  उनी आफैँले मिडियाको अगाडि सत्य भनेपछि उनलाई जेल पठाइएको थियो । 

सन् २०१६ मा बाहिर आएपछि डेनले फेरि बारटेन्डरको रूपमा काम गर्न थाले ।   बैङ्कले यस एटीएम गडबडीमाथि कहिल्यै टिप्पणी गरेन। तर, विज्ञले यसलाई प्राविधिक त्रुटि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ