arrow

हेवाखोला बाढीमा बेपत्ता एकको पहिचान खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
hewa-khola-bridge-flood-2080-03-03.jpg

सङ्खुवासभा ।  सङ्खुवासभाको चैनपुर नगरपालिका-४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । 

आइतबार चैनपुर नगरपालिका-४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव फेला परेको थियो । 

चैनपुर-४ हेँवाखोलामा फेला परेको शव बर्दियाका राजाराम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 

गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले सुपर हेँवाखोलमा हाइड्रोपावरका १७ मजदुर बेपत्ता बनाएको थियो ।

शव हाइड्रोपावरको टनेलभित्र फेला परेको थियो । थारुको शव मंगलबार आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा पोष्टमार्रटम गरिएको छ । 

बाढीपहिरामा परेको अन्य १८ अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । तीमध्ये तीन जनाको शव हालसम्म फेला परिसकेको छ । दुई वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ । 

प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घर परिवार विस्थापित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ