arrow

लुम्बिनी केबलकारको ‘मर्निङ अफर’, साउन र भदौ महिनाको टिकटदर आधा सस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
lumbani-cable-car.jpg

बुटवाल। लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ। साउनको पहिलो बुधवार देखी लागु हुने गरी हरेक बुधवार बिहान ९ बजेदेखि १२ सम्म मात्र टिकट काट्ने पर्यटकहरूका लागि हाल कायम साधारण टिकट दरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।

हाल केबलकारको साधारण टिकट दर ७५० रुपैयाँ रहेको छ। अब नेपाली नागरिकहरूले हरेक बुधवार बिहान ९ बजेदेखि १२ बजेसम्म ३७५ रुपैयाँमा केबलकारमा यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ।

यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ। सो बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ। लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेबाट व्यावसायिक सञ्चालनमा रहेको छ। केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ।

मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने सङ्ख्या बढ्दो क्रममा रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।

टप स्टेसनमा सय वर्ष पुरानो भगवती मन्दिर,महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी,पोखरी लगायतका धार्मिक संरचनाहरू रहेका छन्। साउन महिनामा टप स्टेसनमा जलार्पण गर्ने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ। केबलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले ५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क बापत दिने सम्झौता गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ