काठमाडौँ। डिजिटल मिडिया तथा कम्युनिटी प्लेटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेसन निर्देशकमा नियुक्त भएका छन्।
देवकोटालाई अध्यक्ष दिनेशकुमार शाहीसहित टेलिभिजन परिवारले एक कार्यक्रमकाबीच स्वागत गरेको छ। देवकोटासँग छापा तथा रेडियोका साथै डिजिटल प्लेटफर्ममा एक दशकभन्दा बढी काम गरेको अनुभव छ।
देवकोटाले यसअघि नेपाली पात्रोमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए। उनी हाम्रो पात्रोका पूर्व संस्थापक एमडीको भूमिका निभाएका छन् भने नेपालको सर्वाधिक लोकप्रिय स्ट्याण्डअप कमेडी समूह नेपग्याजमका संस्थापक निर्देशक समेत हुन।
२०५६ सालमा वीरगन्जबाट प्रकाशित हुने सार्थक साप्ताहिकबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका सन्तोष देवकोटा लामो समय रेडियो प्रसारणमा समेत आबद्ध थिए। एक दशक यता भने उनी डिजिटल मिडिया विज्ञका रूपमा सक्रिय छन्।