arrow

काँग्रेसको दोस्रो दिनको बैठक जारी [लाइभ] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक जारी रहेको छ । हिजोदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 

बैठक बिहान ११ बजेका लागि डाकिएको भए पनि आधा घण्टा ढिला गरी शुरु भएको छ । 

केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो ।

मंगलबार दिउँसो सवा २ बजे शुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए ।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ । 

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजो दुई घण्टा मात्रै बसेको बैठकमा आजदेखि अलि लामो समयसम्म चल्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ