arrow

समायानुकुल शिक्षा बनाउन चन्द्र भण्डारीको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
chandrakant.jpg

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए ।

उनले नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए । उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौति रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुभएको अर्थ नरहेको जिकिर गर्नुभयो । उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए ।

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताए । उनले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरुले पलायन हुने क्रम नरोकिने दाबी गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ