arrow

स्थानीय जातका भैँसीको दूध ‘ब्रान्डिङ’ गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
bufflow.jpeg

बलेवा । बागलुङको गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन् । रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध सङ्कलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन् ।

छुट्टै सङ्कलन केन्द्र बनाएर दूध ब्रान्ड गर्ने र प्याकिङ गरेर बजार पठाउने तयारी भएको स्थानीय अग्निधर सापकोटाले बताए । उनले हेर्दा मोटाघाटा र उन्नत जस्ता देखिए पनि रिस्मी गाउँमा अहिलेसम्म स्थानीय भैँसी मात्रै पालिएका जानकारी दिए । 

घाँसको पर्याप्तताका कारण यहाँका भैँसीले धेरै दूध दिने गरेको किसानले बताएका छन् । किसानले यहाँ उत्पादित दूध दैनिक सात किलोमिटर परको हटिया बजार पठाउने गरेका छन् । 

रिश्मीसहित गल्याङ, कांडेबास, आँगखेत र मल्मका किसानले उत्पादन गर्ने सयौँं लिटर दूध खुला रुपमा हटियामा बिक्री भइरहेकाले अब ब्रान्ड बनाउने योजना रहेको गलकोट कृषि सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटाले बताए ।



नयाँ