arrow

स्थानीय तहमै पुगेर कर शिक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
Jumla.jpg

जुम्ला । जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले जुम्लासहित कालीकोट र मुगुका स्थानीय तहमा पुगेर करदाता शिक्षा दिन थालेको छ ।

कार्यालयले कालीकोट, मुगुलगायत जुम्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकाको प्रशासकीय केन्द्र लासी बजारमा पुगेर करदाता शिक्षा दिन थालेको हो ।

जिल्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकामा उद्योग उपभोक्ताहित संरक्षण कार्यालयसँग समन्वय गरी  संयुक्तरुपमा यहाँका स्थानीय बजारमा पुगेर कर शिक्षा दिनुका साथै बजार अनुगमनसमेत गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । 

“सरकारको राजस्व बढाउने र व्यवसायीलाई करको दायरमा ल्याउन, समयमै नवीकरण गर्ने उद्देश्यले कर शिक्षा दिन थालिएको हो”, उनले भने, “पातारासी गाउँपालिकाको लासी बजारका करिब डेढ दर्जन व्यवसायीलाई करदातासम्बन्धी शिक्षा तथा जनचेतना दिइएका छौँ ।”

व्यवसाय गर्ने सबैले करदाता सेवा कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्न गर्नुरोधसमेत गरिएको सूचना अधिकारी उपाध्यायाले बताए । 

यहाँ सञ्चालित पसल र होटलमा पान नम्बर अनिवार्य टाँस्नु पर्ने भनी सात दिने समय अवधि दिइएको छ । करमा दर्ता नभएका व्यवसाय अवैध हुने भएकाले प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचना अधिकारी उपाध्यायको भनाइ छ । 

पान नम्बर वा भ्याटमा दर्ता गर्दा चाहिने आवश्यक प्रक्रियाका बारेमा व्यावसायिकलाई जानकारी गरिएको उनले बताए । उनका अनुसार राज्यलाई तिर्नुपर्ने कर तीर्ने व्यक्ति सचेत नागरिक हुन् । 

खाली बिल दिएमा जथाभावी बिलको दुरुपयोग हुने भएकाले व्यापारीलाई सचेत गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । 

जिल्लास्थित उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले लासी बजार र उर्थुमा गरिएको अनुगमनमा मिति नाघेका खाद्यवस्तु नष्ट गरिएको जानकारी दिए । उनका अनुसार आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र जुम्लालगायत कालिकोट र मुगुसमेत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ