arrow

नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
nabil-see-fellowship-program-third-phase.jpg

काठमाडौँ। ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैङ्कले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैङ्कको विश्वास छ।

कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। नबिल एसएसईको फेसबुक पेजमा रहेको लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ। अथवा नबिल बैङ्कको वेभ साइडमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ। आवेदनको अन्तिम दिन बैङ्कले भदौ ३ गते तोकेको छ।

सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ। तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ।

आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरी सकेका छन्। विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरूद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुल कर्जा रु ३४० अर्ब रहेको छ। नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।

त्यस्तै गरी देशभरिको शाखा विस्तार भई २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ