arrow

काठमाडौँ र भरतपुरमा उपचार हुन नसकेको क्यान्सर निको भएपछि

क्यान्सर रोगको उपचार होमियोप्याथी पद्धतिबाट

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन ५ शुक्रबार
homeo-path.jpg

धनुषा । क्यान्सर रोगको उपचार होमियोप्याथी पद्धतिमा पनि फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित रहेको होमियोप्याथी चिकित्सक उपेन्द्र साहले जोखिम रोगको औषधी होमियो पद्धतिमा पाएपछि उनी खुशी व्यक्त गरे । 

अर्का तर्फ क्यान्सर रोगले अबेलामै मृत्युको बाटोबाट फर्किन पाउने प्राध्यापक पुष्पेन्द्रप्रसाद यादव डा. उपेन्द्र साहलाई मुरी मुरी धन्यवाद प्रकट गर्दै छन् ।

सप्तरी जिल्ला हनुमाननगर कंकालनी नगरपालिका भारदह निवासी पुष्पेन्द्रप्रसाद यादव ४४ वर्षको हुँदा उनलाई पिसाब फेर्नमा समस्या हुन थाल्यो । 

प्राध्यापन पेशामा रहेका पुष्पेन्द्र उपचारको लागि धरानको घोपा क्याम्पबाट प्रचारित वीपी कोइराला शिक्षण अस्पतालमा पुगे ।
 
त्यहाँका चिकित्सकहरूले पुष्पेन्द्र रोगबाट चेपिएको भन्दै पहिला शल्यक्रिया गर्न भने। र त्यसपछि आउने व्यापसी रिपोर्ट आधारमा रोगको औषधी चल्नेछन् भनी उनीहरूले सल्लाह दिएका थिए । 

चिकित्सकको सल्लाह अनुसार पुष्पेन्द्रको २०७७ फागुन १० गते शल्यक्रिया भएको बताउँछन् ।

उनी भन्छन्, ‘बायप्सी रिपोर्टमा क्यान्सर ठहर भएर आएकोले रोगको रिकभर गर्न चिकित्सकहरूको समूहले ८ वटा केमो चढाउनु पर्ने लेखे । त्यस अनुसार एक पछि अर्को गर्दै ७ वटा केमो चढाए । तर, पूरै शरीर सुनेर आयो ।’ 

चिकित्सकले रोगी पुष्पेन्द्रलाई ८ औँ केमो चढाउने अवस्था नरहेको बताउँदै काठमाडौँ या भरतपुर लैजान सल्लाह दिए ।

दुई सन्तानका बुबा पुष्पेन्द्र जसरी पनि निको होस् परिवारको प्रयास थियो । त्यसैले उनका अभिभावक वर्ग चितवनको भरतपुर क्यान्सर अस्पताल लग्यो । 

त्यहाँका चिकित्सकहरूले पुष्पेन्द्रको शरीर देख्दै काठमाडौं स्थित हरिसिद्धिमा सञ्चालित क्यान्सर अस्पताल पुर्‍याउन सल्लाह दिएको उनी बताउँछन् । त्यहाँका चिकित्सहरुले केमो औषधी चढ्दा रोग निको हुनुपर्ने थियो । 

तर, पुष्पेन्द्रको रोग उल्टै चौथो स्टेजमा पुगेको बताउँदै यसलाई अर्को केमो चढाउने अवस्था नरहेको भने । त्यहाँ कार्यरत एक चिकित्सकले जनकपुरधाममा रहेको होमियो प्याथीी चिकित्सक सँग एक पल्ट सल्लाह लिन सुझाव दिएको उनी थप्छन् ।

पुष्पेन्द्रको अभिभावकले चिकित्सकको बारेमा सोधखोज गर्दा डा. उपेन्द्र साहको नाम आउँदा उनीसँग सम्पर्क भयो । चिकित्सक साहले सबै प्रिकेप्सन हेरेर औषधी दिएको उनी बताउँछन्।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर -६ मा हाल बस्दै आएका पुष्पेन्द्र भन्छन्,‘ डा. उपेन्द्र साहसँग २०७८ साल कार्तिक २५ गते सम्पर्क भयो । र दिएको औषधि सोही दिनदेखि खान थालेको थिएँ ।’ औषधि खाने शुरु गरेको २ महिनामा रोग निको हुन लागेको उनी थप्छन् ।

उनका अनुसार औषधी १ वर्ष खाएपछि होमियोप्याथीक चिकित्सक साहको सल्लाहमा धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यापसी गराउँदा नेगेटिभ रिपोर्ट आयो । 

त्यसमा  विश्वास नभएकोले फेरि अर्को बायप्सी गराउँदा नेगेटिभ रिपोर्ट आउँदा डाक्टरले तपाई क्यान्सर रोगबाट मुक्त भएको भन्दै बधाई दिएका थिए ।

‘म’ हरेक तीन तीन महिनामा बायप्सी जाँच गराउँदै आएको बताउँदै उनी थप्छन्,‘ त्यहाँको चिकित्सहरु ले होमियो प्याथीक पद्धतिमा पनि क्यासर रोग निको पार्ने औषधि रहेको भन्दै छक्क पर्नुभयो ।’

प्राध्यापक पुष्पेन्द्रको क्यान्सर निको भएको देखेर त्यस क्षेत्रका कतिपय क्यान्सर रोगी उपचार गराउँदैन । 

होमियोप्याथीबाट डीएचएमएस सर्जरी अनर्स गरेका डा. उपेन्द्र साह भन्छन्,‘ कुन रोगको औषधि के हो त्यो निरन्तर रिसर्च गर्दै आएकोबाट नै आज क्यान्सरको औषधि पत्ता लाग्न गएको छ ।’ 

होमियो पद्धति निरन्तर रिसर्चको थलो हो भन्दै प्रेरणा दिन मेरो गुरु भारत लहेरियासराय दरभंगाका सिन्हा होमियोप्याथीक मेडिकल कलेज एण्ड हस्पिटलका प्रा. डाक्टर सलिम बाबु भएको डा साह बताउँदै भने, ‘यो सबै उनको नै देन हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ