arrow

कांग्रेस बैठकमा सभापति र महामन्त्रीकै कुरा [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार

काठमाडौँ । मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बसिरहेको हो । 

बैठकमा बोल्ने सदस्यहरुले सभापति र महामन्त्रीलाई मात्र ध्यानमा राखेर बोलिरहेका छन् । यसअघि मंगलबार एजेन्डा सार्वजनिक गरेसँगै बुधबार र बिहीबार गरी दुई दिन ८१ जनाले बोलिसकेका थिए । दोस्रो दिन बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ र बिहीबार ३५ केन्द्रीय सदस्यहरुले बोलका थिए । 

बाँकी केन्द्रीय सदस्यहरुले आज विचार राखिरहेका हुन् । बैठक आइतबार सक्याउने गरी तयारी भइरहेको पार्टीले जनाएको छ । पार्टी कार्यालयले सोही अनुसारको तयारी गरिरहेको छ । 

शनिबार भने वीपी स्मिति दिवस हो । त्यो दिन केन्द्रीय समिति बैठक बस्दैन । कांग्रेसले विशेष कार्यक्रम गर्ने भएको छ ।

कांग्रेसले देशका सबै पालिकाहरुमा रुख रोप्ने कार्यक्रम रहेको महामन्त्री गगनकुमार थापाले बताएका छन् । 

उनले जिल्ला कार्यसमितिका सबै जिल्ला सभापतिहरुलार्य पत्र लेख्दै वीपी स्मृति दिवसमा नेपाली कांग्रेसका ७५३ वटै पालिका कार्यसमितिहरुले ‘रुख रोप्ने अभियान’ संचालन गर्नुपर्ने भनेका छन् । 

सोअनुसार भनिएको छ, ‘जिल्ला भित्रका सम्पूर्ण पालिका, कार्यसमिति, पालिका भित्रका वडा कार्यसमिति, टोलसमिति, क्रियाशील सदस्य र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलाई सहभागी गराइ उक्त कार्यक्रम सम्पन्न गर्ने गराउने, जिल्ला, प्रतिनिधि सभा निर्वाचन, प्रदेश सभा निर्वाचन, क्षेत्र–पालिका कार्यसमिति र वडा कार्यसमितिका सम्पूर्ण साथीहरुलाई आ–आफ्नो पालिकामा सहभागी गराउने, रोपिएको रुख संरक्षणका लागि उचित व्यवस्थापन गराउनु हुन अनुरोध गरिन्छ ।’

यसपालिको कांग्रेस बैठक पहिलो पटक प्रत्यक्ष प्रशारण भइरहेको छ । धेरैजसो नेताहरुले कांग्रेसलाई संगठित गर्ने भन्दा पनि पालेका कुण्ठाहरु ओकलेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ