arrow

प्रहरीको अध्ययन र बुझाइको दायरा फराकिलो बनाउनु पर्छ –महानिरीक्षक कुँवर

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
basantabahadur-kunwar-2080-04-05.jpg

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत बनाउन जरुरी रहेको बताएका छन् । 

सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले नेपाल प्रहरीले कानून, समाज र परिवर्तनका नियमहरुलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत बनाउनुपर्ने आवश्यकता रहेको उनको तर्क थियो । 

शुक्रबार काठमाडौँमा वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपालः अ ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’को विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले अबको जमानामा लठ्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पारे । 

उनले द्वन्द्वपछिको संक्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि वरिष्ठ प्रहरी उपरीक्षक केसीद्वारा लिखित सो पुस्तक उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । 

प्रहरी महानिरीक्षक कुँवरले सो पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रुपान्तरणका लागि कोशेढुंगा सावित हुने बताए । 

कार्यक्रममा पुस्तकका लेखक वरिष्ठ प्रहरी उपरीक्षक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ