arrow

नबिल बैङ्क राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ६ शनिबार
nabil-silver-award.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रूपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ। नबिलले बैङ्किङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१-२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जबाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो।

काठमाडौँमा शुक्रवार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए। बैङ्कको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालको तर्फबाट साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनीत हुनेछ।

नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबिलले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा  र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ