arrow

सुन तस्करीमा कर्मचारी नै दोषी : वामदेव

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
bamdev-gautam1623315745.jpg

काठमाडौं। पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषी रहेको बताएका छन्।

उनले सुन तस्करी प्रकरणमा मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताए। उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको बताए ।

उनले भने, ‘‘सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्।मन्त्री र प्रधानमन्त्री भन्दा त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन्। यस्ता विषयमा अरूलाई जोड्नु हुँदैन। सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन। त्यहाँ कस्तो जालो रहेछ भन्ने देखिएको छ। यहाँको जालो पनि विभिन्न समयमा देखिएको छ। तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ।त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो ।’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ